२०७७ भदौ ६ गते १७:०१ विकासन्युज
काठमाडाैं । उपत्यकाका अस्पतालहरुले कोरोनाभाइरस (कोभिड-१९) का बिरामीलाई राख्नुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ। मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उपत्यकाका अस्पतालले कोभिड-१९ का बिरामीहरुलाई राख्नुअघि अनुमति लिनपर्ने बताएकाे छ ।
अस्पतालहरुले मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने छ ।
‘अस्पतालमा कोभिड- १९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.