२०७७ भदौ १० गते १६:५३ विकासन्युज
काठमाडाैं । काेराेनाभाईरस (काेभिड-१९) का सामान्य अवस्थाका बिरामीलाई अस्पतालले १४ दिनपुगेपछि बिना कुनै परीक्षण घर पठाउनुपर्ने भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेकाे स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले सामान्य अवस्थाका बिरामीलाई १४ दिनपुगेपछि बिना कुनै परीक्षण घर पठाउन अस्पताललाई निर्देशन दिएकाे हाे ।
केन्द्रले एक विज्ञप्ती जारी गर्दै अस्पतालहरुलाई १० दिनमा बिरामीकाे काेराेना परीक्षण गरी पाेजेटिभ आए थप ४ दिन राख्न र १४ दिन पुगेपछि बिना कुनै परीक्षण अस्पतालबाट डिस्चार्ज गर्न निर्देशन दिएकाे छ ।
अस्पतालले संक्रमितलाई १४ दिनभन्दा बढि राखे मन्त्रालयले त्यसकाे खर्च नबहाेरने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले प्राडा जागेश्वर गाैतमले बताए । यसकाे अर्थ अस्पतालले संक्रमितलाई १४ दिनभन्दा बढि राखे अस्पताल आफै खर्च बेहाेर्नुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.