दाङमा फेरि निषेधाज्ञा, बैंक पनि खोल्न नपाइने

  २०७७ भदौ १२ गते १७:०७     विकासन्युज

दाङ । दाङमा भदौ १४ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यसअघि दाङ प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाउँदै आएको थियो ।

निषेधाज्ञा अवधिभर सरकारी कारोबार गर्न अनुमति प्राप्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरु सन्चालन गर्न दाङ प्रशासनले रोक लगाएको छ । निजी बैंक तथा वित्तीय संस्था नखोली नहुने भएमा सरकारबाट तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गरी निश्चित अवधीसम्म न्यूनतम कर्मचारीबाट मात्रै खोल्न पाइने बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.