बिमानद्वारा ‘जर्नी इन्टु आन्टर्पेनरसीप’को पहिलो सेसन सम्पन्न, उद्यमी तिम्सिना भन्छन्- सबैभन्दा ठूलो सपना हो

  २०७७ भदौ १२ गते १९:०१     विकासन्युज

काठमाडौं । ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट एशोसियसन अफ नेपाल (बिमान)ले ‘जर्नी इन्टु आन्टर्पेनरसीप’ नामक पहिलो हप्ताको कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले युवा उद्यमीहरुलाई लक्षित गरी आयोजना गरेको उक्त कार्यक्रम शुक्रबार जुममार्फत भर्च्युअल अन्तर्क्रिया गरी सम्पन्न गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि तथा यस हप्ताको प्रमुख वक्ताको रुपमा युजी बजारका को-फाउण्डर किरण तिम्सिना रहेका थिए । करिब एक दशकदेखि व्यवसायीक पेसामा आवद्ध रहेका तिम्सिना ‘अर्ब्यान गर्ल’ नामक संस्थाको समेत को-फाउण्डर हुन् ।

विगत ८ वर्षदेखि उद्यमी पेसा (अर्थात युजी बजार)मा लागेका तिम्सिनाले कार्यक्रममा आफ्नो उद्यमी यात्राको अनुभव बाढेका थिए ।
नेपालमै किन उद्यम गरिरहेको, यहाँ अवसर छैन, यहाँ उद्यम गरेर के फाइदा छ र भन्ने प्रश्नको उनको एउटै उत्तर थियो ‘सपना अर्थात ड्रिम’ । जसले मानिसलाई जहाँ जस्तोसुकै अवस्थामा पनि उक्त क्षेत्रमा डटेर काम गर्न उत्प्रेरित गर्ने उनले बताए ।

कहिले सुपरम्यान बन्ने, कहिले स्पाइडर म्यान बन्ने त कहिले पोष्ट अफिसर बन्ने सपना बोकेका तिम्सिनाले पहिला उद्यमी अथवा बिजनेस स्टार्टअप खोल्छु भन्ने सोचेका पनि थिएनन् । १२ कक्षा पढ्दा कम्प्युटर इन्जिनियर बन्ने सपना देखेको तर इन्जिनियर नपढेको उनी बताउँछन् । यसको मतलब समय, समाज तथा वातावरण अनुसार मानिसको सपनाहरु पनि बदलिँदै जाने उनले बताए ।

‘सपना, जसले मानिसलाई डेडिकेसन दिन्छ । जति हारे पनि, जति गाह्रो भएपनि, जति गाली खाएपनि, दिनको २४ घण्टा नै काम गर्नुपरे पनि खुसी खुसी काम गर्न तयार बनाइदिन्छ । यसले धेरै कुरा ड्राइभ गर्छ । यसको मतलब सबैले एउटै खालको सपना देख्नु पर्छ, सधैँ एउटै सपना हुनुपर्छ, परिवर्तन गर्नुहुँदैन,भन्ने छैन ।’, उनले भने ।

Journey into Entrepreneurship

Journey into Entrepreneurship – Week 1with Mr. Kiran Timsina,featuring Nikita Acharya Urban Girl UG Cakes UG Bazaar

Gepostet von BIM Association of Nepal – BIMAN am Freitag, 28. August 2020

उनका अनुसार सपना जुनसुकै बेला जति सुकै वर्षमा पनि देख्न सकिन्छ । तर आफ्नो अवस्था अनुसारको सपना देख्नु पर्ने उनले बताए ।
यसका साथै उनले कार्यक्रममा युवा वर्गहरुलाई उद्यम क्षेत्रमा के कसरी अघि बढ्ने, अघि बढ्दै गर्दा के कस्ता समस्याहरु आउन सक्छन् र त्यसको सामना कसरी गर्ने भन्ने बारेमा आफ्नो राय सुझाव दिएका थिए ।

साथै, करिब २०० जना भन्दा बढी प्रत्यक्ष दर्शी रहेको कार्यक्रममा उद्यमी तिम्सिनाले दर्शकहरुमा रहेको तथा दर्शकबाट आएको जिज्ञासालाई समेत मेटाउने प्रयास गरेका थिए ।

अर्ब्यान गर्ल्सका को-फाउण्डर किरण तिम्सिनाको उद्यमी यात्राको अनुभवले उक्त क्षेत्रमा के-कस्ता समस्या तथा चुनौतीको सामना गर्नुपर्छ भन्ने बारेमा युवा वर्गलाई जानकारी भएको बिमानका अध्यक्ष सुरज भट्टराईले बताए । साथै, उद्यमी क्षेत्रमा सपना देखेका तर के गर्ने कसो गर्ने भनेर अन्यौलमा रहेका युवा दर्शकहरुलाई केही मद्दत पुगेको उनको विश्वास रहेको छ ।

‘पहिलो हप्ताको कार्यक्रम विशेष रहेको छ । हामी अबका केही हप्ता यसै दिन सोही समय विभिन्न क्षेत्रका आन्टर्प्रेनरहरुसँग अन्तर्क्रिया कार्यक्रम गर्नेछौं । साथै, दर्शकबाट आएको पहिलो कार्यक्रमको प्रतिक्रियाले हामी निकै उत्साहित छौं ।’, अध्यक्ष भट्टराईले भने ।

थप समाचारः

बिमानद्वारा दुई दिने वर्कशप सम्पन्न (फाेटाेफिचर सहित)

बिमानले काठमाडौंमा दुई दिने वर्कशप गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.