२०७७ भदौ १५ गते ११:५१ विकासन्युज
काठमाडाैं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडानबारे निर्णय गरेको छ ।
१. आन्तरिक उडान भदौ मसान्तसम्म बन्द गर्ने । यसअघि आन्तारिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि मात्रै रोक लगाइएको थियो ।
२. शिक्षण संस्था भदौ मसान्तसम्म बन्द गर्ने ।
३. लामो तथा छोटो दूरीको यातायातका साधन भदौ मसान्तसम्म बन्द गर्ने ।
यसअघि लामो दूरीका यातायात, शिक्षण संस्था र आन्तरिक उडान भदौ १५ गतेसम्म मात्रै बन्द गर्ने निर्णय गरेका थिया । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।
४. अन्तर्राष्ट्रिय हवाई उडानसर्तसहित भदौ १६ गतेबाट सुरु गर्न अनुमति । सरकारले यसअघि दैनिक ५०० जना मात्र ल्याउन दिने निर्णय गरेको थियो ।
५. रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने ।
६. ल्हासा र हङकङका लागि महाबाणिज्यू दूत नियुक्त गर्ने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.