२०७७ भदौ १६ गते १६:२९ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ८१ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४ सय ८१ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।
संक्रमितहरु काठमाडौंको ३९३, ललितपुरको ५८ र भक्तपुरको ३० जना रहेको गौतमले बताए । याेसँगै संक्रमितकाे संख्या काठमाडौंमा ४ हजार ९ सय १५, ललिपुरमा ७ सय ४३ र भक्तपुरमा ५ सय ४७ जना पुगेकाे छ ।
आज देशभर १ हजार ६९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.