२०७७ भदौ १६ गते १९:५७ विकासन्युज
काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलकाे मूल्य २ रूपैयाँ बढाएर १ सय ७ रूपैयाँ प्रतिलिटर कायम गरेकाे हाे ।
याे मूल्य मंगलबार रातिदेखि लागु हुनेछ । निगमका अनुसार डिजल मट्टितेल, हवाइ इन्धन तथा खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य केही हेरफेर भएर आएका कारण पेट्रोलको मूल्य बढाइएको नेपाल आयल निगमले बताएकाे छ ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रूपैया कायम थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.