२०७७ भदौ १७ गते १०:१६ विकासन्युज
काठमाडाैं । अस्पतालका धेरै कर्मचारीमा काेराेना संक्रमण बढेपछि विर अस्पतालले दुई दिनकाे लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेकाे छ । अस्पतालले बुधबार र बिहिबार अस्पताल निर्मलीकरण गर्ने उदेश्यले ओपीडी सेवा बन्द गर्ने निर्णय गरेकाे हाे ।
हालसम्म अस्पतालका ७९ कर्मचारीमा काेराेना कोरोना पुष्टि भएको र अझै धेरैकाे नतिजा आउन बाँकी रहेकाे अस्पतालका महामरी व्यवस्थापक डा. विधान निधी पाैडेलले बताए ।
पछिल्लाे समय धेरै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुमा संक्रमण बढेकाे पाइएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.