नछोएरै एटीएमबाट पैसा निकाल्ने सिस्टमको अध्ययन गर्दै नेप्स

  २०७७ भदौ १७ गते १४:१५     विकासन्युज

काठमाडाैं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)  एटीएममा नछोएरै पैसा निकाल्न सक्ने प्रणालीको अध्धयनमा लागेको छ । नेप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जिव सुब्बाले एटीएममा नछोएरै पैसा कसरी निकाल्न सकिन्छ भन्ने कुराको अध्ययनमा आफुहरु लागेका बताएका छन् ।

आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको बैकिङ र सुचना प्रविधि’ विषयक अन्तकृया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले यसको चाँडै नै सुखद समाचार सबैमा लिएर आउने बताएका छन् ।

पछिल्लो समय डिजिटल भुक्तानीमा नागरिकको ध्यान पनि बढ्दै गएकाले सबैले डिजिटल भुक्तानीमा ध्यान दिनु पर्ने उनको भनाई छ । डिजिटल भुक्तानीमा सम्भावना सँसँगै उतिकै चुनौतीहरु पनि भएकोले व्यक्ती तथा संस्थाले यसमा लगानी बढाउनु पर्ने उनले धारणा राखे ।

उनले प्रविधिको विकाससँगै विस्तारै यसको लिने शुल्क पनि घटाउँदै जानु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.