अब अत्यावश्यक वस्तुका पसल बिहान ११ बजेसम्म खोल्न पाइने

  २०७७ भदौ १७ गते १८:२५     विकासन्युज

काठमाडौं । अब अत्यावश्यक वस्तुका पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।

काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञामा अब अत्यावश्यक वस्तुका पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने निर्णय गरेको हो ।

यस अघि सवा ९ बजेसम्म मात्र खोल्न पाइन्थ्यो । अब खाद्य वस्तु, माछा मासु, पानी, फलफुल तरकारी, डेरी लगायतका पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.