२०७७ भदौ १७ गते १८:३६ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनेको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आज पुनः एक हप्ता निषेधमाज्ञा थप्दै निषेधाज्ञा खुकुलो बनाएका हुन् ।
अब खाद्यान्न, तरकारी, फलफूललगायतका पसललाई बिहान ११ बजेसम्म खोल्न दिइने छ। यसअघि बिहान ९ बजेसम्म मात्र दिइएको थियो।
यस्तै, निर्माणसामग्री सम्बन्धी सबै पसललाई दिउँसो २ देखि राति ९ बजेसम्म खोल्न दिने निर्णय गरिएको दाहालले बताए।
यस्तै, प्रशासनले निर्माण सामग्री ढुवानी गर्ने सबै साधनहरूलाई काठमाडौं प्रवेश गर्न दिने निर्णय गरेको दाहालले बताए।
यसैगरी, अनलाइन कक्षा सञ्चालनका लागि अनुमति दिइएको छ। तर, यी सबैमा सामाजिक दूरी र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्नुपर्ने छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.