२०७७ भदौ १९ गते १८:१४ विकासन्युज
काठमाडाैं । अर्थ तथा सञ्चार तथा सूचनामन्त्री डा.युवराज खतिवडाले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुना्र ।
मन्त्रिपरिषद् बैठकमा राजीनामा दिने घोषणाा गरेका हुन् । उनको अर्थमन्त्रीको रुपमा रहेको ६ महिने कार्यकाल भोलि सकिँदैछ । तर, भोलि शनिबार परेकोले उनले आजै साँझ राजीनामा दिएका हुन् ।
डा। खतिवडा ०७६ साल फागुन २१ गते अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । उनले २१ गते नै सपथ ग्रहण गरेका थिए । संविधानअनुसार संसदको सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न मिल्दैन ।
सांसद पद समाप्त भएपछि उनले फागुन २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै २१ गते उनी पुनः अर्थमन्त्रीमा नियुक्त भए । पुनःनियुक्तिको ६ महिने कार्यकाल भोलि नै सकिने भएपछि उनले आजै राजीनामा दिएका हुन् ।
उनी पहिलो पटक २०७४ फागुन १४ गते नेपाल सरकारको अर्थमन्त्रीका रुपमा नियुक्त भएका थिए ।
उनी ओलीले रुचाएका पात्र हुन् । ओलीले उनलाई राष्ट्रियसभामा लिने धेरै प्रयास गर्दा पनि त्यो सफल हुन सकेन । अन्तः नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय नेकपा सचिवालयले गर्यो । त्यससँगै उनको मन्त्री बन्ने यात्रामा विराम लागेको हो ।
खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएसँगै उनको नेकपा भित्र के भूमिका रहन्छ भन्ने पनि वहस शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेको चर्चामा छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.