४ सयले बढ्याे सुनको मूल्य

  २०७७ भदौ २९ गते ११:४७     विकासन्युज

काठमाडौं । साेमबार सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँले बढेकाे छ । आइतबार प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएको सुन साेमबार बढेर प्रतितोला ९६ हजार ९ सय रूपैयाँमा पुगेकाे हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेकाे छ । आइतबार ९६ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन साेमबार ४ सय रुपैयाँ बढी अर्थात ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य १० रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिन अर्थात आइतबार १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.