सर्वोच्च अदालतले भन्योः जग्गा कित्ताकाटको निर्णय तत्काल कार्यान्वयन नगर्नू

  २०७७ भदौ २९ गते १८:३४     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले जग्गा कित्ताकाटको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रायलाई विपक्षी बनाई अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले गरेको रिटमा सर्वोच्चले सनुवाई गर्दै जग्गा कित्तकाटको निर्ण तत्काल कार्यान्वयन नगर्न भनिएको हो ।

‘निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा दुवैपक्षको छलफल सुनि आदेश गर्नु उपयुक्त देखिएकाले अन्तरिम आदेश छलफलको लागि असोज ८ गतेको पेशी तोकी सो अवधिसम्मको लागि निवेदनमा उल्लेखित भदौ १८को निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको मन्त्रीस्तरको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले २०७४ साउन २६ गतेको उक्त निर्णय बदर गर्दै कित्ताकाट फकुवा गरेको थियो ।

सर्वोचचले असोज ८ गते छलफलका लागि बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.