कुलमानलाई प्राधिकरणमा पुनः नियुक्त गर्न सरकारको आलटाल, आज बिदाई गरिन लागिएकाे हाे ?

  २०७७ भदौ ३० गते ११:५८     विकासन्युज

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्ती गर्ने मनसाय नदेखाएपछि प्राधिकरणले आज उनको बिदाईकाे तयारी गरिएकाे बताइएकाे छ ।

भदौ २९ अर्थात आइतबार कार्यकाल सकिएका घिसिङको मंगलबार बिदाइ गर्ने तयारी भइरहेकाे बताइएकाे छ । तर, कहिले गर्ने भन्ने बारे भने यकिन नभएकाे प्राधिकरणले बताएकाे छ ।

प्राधिकरणका सूचना अधिकारी लिला अर्यालले आज बिदाई कार्यक्रम नभएको बताइन् । मलाई अहिले सम्म जानकारी नभएको पनि बताइन् ।

उर्जामन्त्रालयले कुलमानको पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेपनि त्यसपट्टि कुनै छलफल नै नभएको बताइएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमनत्री केपी शर्मा ओलीले कानुनी अड्चन रहेको भन्दै यसबारेमा आफूले थप बुझेर निर्णय लिने बताएका थिए । ओलीको चाहना कुलमानलाई निरन्तरता नदिने रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.