आइपीओ जारी गर्ने तयारीमा वर्ल्डलिंक

  २०७७ भदौ ३० गते १७:४१     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनी ऐनमा ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको दूरसंचार सेवा प्रदायक कम्पनीले पनि आइपीओ जारी गर्नै पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार वर्ल्डलिंकले आइपीओ जारी गर्न लागेको हो ।

आइपीओ जारी गर्नको लागि प्रालिमा दर्ता भएको वर्ल्डलिंक पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । गत वर्ष नै कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको अध्यक्ष दिलिप अग्रवालले जानकारी दिए ।

पब्लिकमा गएसँगै कम्पनीले आइपीओ जारी गर्ने गृहकार्य थालेको हो । आइपीओ जारी गर्नको लागि प्रक्रिया पूरा गर्न नै ३ वर्ष लाग्ने भएकोले सो अवधि भित्रमा आइपीओ जारी गरिसक्ने अध्यक्ष अग्रवालले जानकारी दिए ।

‘आइपीओ जारी गर्नको लागि प्रक्रियागत कामहरु सुरु भएका छन्, गत वर्ष हामी पब्लिक कम्पनीमा रुपान्तरण भयौं, प्रक्रिया पूरा गर्न ३ वर्ष जति लाग्छ, सो अवधिभित्रमा वर्ल्डलिंकले आइपीओ जारी गर्छ,’ कम्पनीको २५औं वार्षिकोत्वसको अवसरमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले भने ।

उनले कति रकम बराबरको आइपीओ जारी गर्न लागिएको भन्ने बारमा भने केही खुलाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.