बजार पुँजीकरण देखाएपछिको डाटालाई मात्रै आधिकारिक मानिने

  २०७७ असोज १ गते २०:१७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले वेवसाइटमा बजार पुँजीकरण देखाएपछिको डाटा(तथ्याङकलाई) मात्रै आधिकारिक मान्न आग्रह गरेको छ । बजार बन्द भएपनि बजार पुँजीकरण देखाउनु भन्दा अघिको डाटा अपुरो(पुरा नहुने) हुने भन्दै नेप्सेले उक्त आग्रह गरेको हो ।

नेप्सेका अनुसार बजार बन्द भएपछि बढीमा आधा घण्टासम्ममा सो दिनको बजार पुँजीकरणको डाटा अपडेट भइसक्ने छ । त्यो अवधिसम्म सबै सेयर कारोबारको विवरण पनि डिस्प्ले भइसक्ने नेप्सेले जनाएको छ ।

यसअघि गत मंगलबारको बजार बन्द भएपछि सेयर कारोबार रकम करोडौं रुपैयाँले वृद्धि भएको देखिएको थियो । त्यसपछि लगानीकर्ताले बजार बन्द भएपछि पनि रातारात सेयर कारोबार गरेको आरोप लगाएका थिए । र, नेप्सेको सिष्टमको विश्वसनीयतामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल लगायत विभिन्न माध्यम तिर आक्रोश पोखेका थिए ।

यस विषयमा नियामक नेपाल धिताेपत्र बाेर्डले पनि नेप्सेसँग स्पष्टिकरण साेधेकाे थियाे । तर, नेप्सेले भने काराेबार भइसकेपछिकाे डाटा  अपडेट हुन बाँकी भएकाेले साे दिनकाे काराेबार रकम बढ्न गएकाे बताएकाे थियाे ।

साेही विषयमा थप प्रष्ट पार्दै नेप्सेले बिहीबार एक सूचना जारी गर्दै लगानीकर्ता लगायत सरोकारवालाहरुलाई बजार पुँजीकरण देखाएपछिको डाटा मात्र आधिकारिक हुने जानकारी गराएकाे हाे ।

बिहीबार (असाेज १ गते) को बजारमा पुँजीकरणमा नयाँ रेकर्ड कायम भएको छ । सो दिन बजार पुँजीकरण बढेर २० खर्ब ९० अर्ब २० करोड रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि २० खर्ब ७० अर्ब रुपैयाँ कायम भएको थियो ।

सम्बन्धित समाचारः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.