समीट लघुवित्तका सेयरधनीले लाभांश नपाउने

  २०७७ असोज २ गते १२:१२     विकासन्युज

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश नपाउने भएका छन् । संस्थाले आज(असार २ गते) एक सूचना जारी गर्दै सेयरधनीले गत वर्षको लाभांश नपाउने जानकारी गराएको हो ।

उक्त निर्णय असोज १ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरणहरु नियमक निकाय नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

तर, सेयरधनीका लागि बोनस तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव भने नगरिएको संस्थाले जानकारी गराएको छ ।

सजिलो लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई समीट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुने भएको छ । आगामी असोज ६ गतेदेखि दुबै संस्थाको एकीकृत कारोबार शुरु हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.