एनआईसी एशिया क्यापिटलको दुई फण्डले ईकाईधनीको खातामा पठाउन थाले लाभांश

  २०७७ असोज ६ गते ११:२१     विकासन्युज


काठमाडौं । एनआईसी एशिया क्यापिटलको दुई म्युचुअल फण्डले आफ्ना ईकाईधनीको बैंक खातामा लाभांश पठाउन शुरु गरेका छन् । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड फण्डले आज(असोज ६ गते) देखि ईकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्न शुरु गरेको हो ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई फण्डले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश सम्बन्धित ईकाईधनीलाई पठाउन थालेको हो । यी दुबैले ईकाईधनीको हितग्राही खाता(बीओआईडी) मा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अध्यावधिक भएका इकाईधनीहरुको हकमा उक्त लाभांश सम्बन्धित ईकाईधनीहरुको बैंक खातामा जम्मा गर्न शुरु गरेको जानकारी गराएको छ ।

त्यसैले आफ्नो बैंक खातामा लाभांश प्राप्त भए वा नभएको यकिन गर्न क्यापिटलले सम्बन्धित ईकाईधनीहरुलाई आग्रह गरेको छ । साथै, हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता अध्यावधिक(अपडेट) नगराएका इकाईधनीहरुले अपडेट गराउन आग्रह गरेको छ । उनीहरुले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क गरी हितग्राही खातामा बैंक खाता अपडेट गराई समयमै लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १२ प्रतिशतका दरले र एनआईसी एशिया ब्यालेन्सड फण्डले कर सहित ८ प्रतिशतका दरले आफ्ना ईकाईधनीको बैंक खातामा लाभांश जम्मा गराउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.