अब डिजिटल कारोबार गर्दा सेवा शुल्क नलाग्ने, राष्ट्र बैंकले पुसपछिको रकम तोक्याे

  २०७७ असोज २३ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पूस मसान्त सम्म डिजिटल वालेट मार्फत हुने कारोबारमा शुल्क नलिन सबै सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै सेवा शुल्क नलिन निर्देशन दिएको हो ।

कोरोना भाइरसको असहज परिस्थितीलाई दृष्टिगत गर्दै सेवा शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको हो । वालेटहरुले पुसमसान्तसम्म अब सेवा शुल्क लिन नपाइने भएको हो ।

यस्तै, राष्ट्र बैंकले डिजिटल कारोबार गर्ने वालेटहरुको लागि सेवा शुल्क पनि तोकेको छ । सरकारलाई बुझाएने राजश्वअनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्ने भएकाे छ।

१ हजारको कारोबार भएमा निःशुल्क, १ हजारदेखि ३ हजारसम्म ५ रुपैयाँ, ३ हजारदेखि १० हजारसम्म १० रुपैयाँ र १० हजारभन्दा माथि कारोबार गर्नेलाई ३० रुपैयाँ सेवा शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.