२०७७ मंसिर ३ गते १५:१७ विकासन्युज
काठमाडौं । नेपालमा खानेपानी समितिहरूलाई डिजिटवलाईज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रा.लि. ‘सिड स्टार्स वर्ल्ड प्रतिस्पर्धामा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ । नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागिता रहने यस प्रैतिश्पर्धामा यो वर्ष नेपालबाट दियालो टेक्नोलोजिज छानिएको हो ।
मंगलबार ‘सिड स्टार्स’ले भर्चुअल माध्यमबाट एशिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो । यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई अब अटोमेशनमा लैजान थप कामहरू गर्ने अवशर प्राप्त गर्नेछ ।
अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले यो वर्षको सिडस्टार्समा नेपालबाट आफुहरु विजेता बन्न पाउँदा धेरै हर्षित भएकाे र विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएकाे आफुहरु याे क्षेत्रलाई पुर्ण अटोमेशनमा लैजाने गरी काम गर्ने बताए ।
नेपालमा दियालो टेक्नोलोजिले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङ देखि अनलाइनबाट भुक्तानी गर्न सकिने किसिमको प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ । यस्तै दियालोले सार्वजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने सेवा ‘बससेवा डटकम’ मार्फत दिँदै आएको छ । यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउड बेस एकाउन्टिङ सफ्टवेयर ‘इलेखा’ लगायतका थुप्रै सफ्टवेयर निर्माण गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.