चन्द्रगिरी हिल्सले आईपीओ जारी गर्न पायो बोर्डको अनुमति

  २०७७ मंसिर ४ गते १७:१९     विकासन्युज

काठमाडौं । चन्द्रगिरी हिल्सले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई कार्तिक २८ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले स्थानिय र सर्वसाधारणलाई सो मात्रा अर्थात १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने छ ।

यससँगै संस्थाले केही दिनमै बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल मार्फत सो मात्राको आईपीओ स्थानिय रसर्वसाधारणमा बिक्री गर्ने छ ।

One comment on "चन्द्रगिरी हिल्सले आईपीओ जारी गर्न पायो बोर्डको अनुमति"

  • राम आले मगर says:

    स्थानिय भनेको पुरै चन्द्रागिरी नगरपालिका होकि स्टेसन भाको ठाउँ मात्र हो? कुरो किलेर हुनु पर्यो हजुर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.