२०७७ मंसिर ८ गते ११:०१ विकासन्युज
काठमाडौं । सोमबार आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले संस्थाको १५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो ।
मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८६१ रुपैयाँ रहेको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता ९९० रुपैयाँ रहेको थियो ।
यससँगै सोमबारको बजारमा संस्थाको सेयर कारोबार प्रतिकित्ता ८६१ रुपैयाँदेखि शुरु हुने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.