२०७७ मंसिर ८ गते १५:२१ विकासन्युज
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आगामी मंसिर ३० गते वार्षिक साधारणसभा बोलाएको छ । संस्थाले साे दिन बिहान ११ बजेकाे लागि आफ्नो ५३ औँ वार्षिक साधारणसभा आब्हान गरेको हो ।
मंसिर ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा र बुक क्लाेजकाे मिति ताेकेकाे हाे । सभामा जाने प्रयोजनको लागि संस्थाको मंसिर १५ गतेदेखि मंसिर ३० गतेसम्म बुक क्लोज हुने भएको छ ।
सभाले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ को प्रस्तावित ३५ प्रतिशत लाभांशलाई पारित गर्दै छ । संस्थाले अघिल्लाे आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियाे ।
अनलाइन मार्फत हुने उक्त सभामा मंसिर १४ गतेसम्म कायम सेयरधनीहरू सहभागि हुन पाउने छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.