नारायणी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत, सेयर कारोबार फुकुवा
२०७७ मंसिर ९ गते १२:३५ विकासन्युज
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाको मंसिर ८ गते सो मात्रको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो ।
यससँगै, संस्थाको हालसम्म रोक्का रहेको दोश्रो बजार कारोबार फकुवा गरिएको नेप्सेले जानकारी गराएको छ ।