मल्टी पर्पस फिनान्सको मंसिर ११ गतेदेखि बुक क्लोज
२०७७ मंसिर ९ गते १२:४४ विकासन्युज
काठमाडौं । मल्टी पर्पस फिनान्सको आगामी मंसिर ११ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाले उक्त दिनदेखि सभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय संस्थाको ३५९औं बैठकले गरेको हो । संस्थाको सभा मंसिर १९ गते बिहान ११ बजे बस्ने भएको छ ।