२०७७ मंसिर १३ गते २२:३० विकासन्युज
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत समूहकाे उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई फराकिलाे मतले पराजित गरेका छन् ।
अञ्जनले ६२ मत पाएका छन् भने उमेशलालले ३७ मत पाएका छन् ।
अञ्जन बरिष्ठ उपाध्यक्ष किशोर प्रधान समूहबाट चुनावी प्रतिस्पर्धामा थिए भने उमेशलाल चन्द्रप्रसाद ढकालकाे समूहबाट चुनावमा भाग लिएका थिए ।
त्यस्तै, बस्तुगत समूहबाट हुने १४ सदस्यीय कार्यसमितिमा दुबै प्यानलबाट ७७ जना निर्वाचित भएका छन् ।
सम्बन्धित समाचार
Copyright © 2024 Bikash Media Pvt. Ltd.