सरकारले भन्योः ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट भ्रामक छ, हामी स्वीकार्दैनाैं

  २०७७ मंसिर १४ गते १६:५७     विकासन्युज

काठमाडाैं । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्वीकार गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने बताएका हुन् ।

आइतबार मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेमलनमा बोल्दै गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.