२०७७ मंसिर १५ गते १०:४२ विकासन्युज
काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेस अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । वल्र्डलिंकले नेपालका विभिन्न भागहरुलगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको हो । हालसम्म यो पुरस्कार पाउने वल्र्डलिंक नेपालको पहिलो कम्पनी हो ।
१९ नोभेम्बर २०२० तारिख का दिन वल्र्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यामा पुरस्कार घोषणा गरेको थियो । उक्त समाहरोहमा वल्र्डलिंकले सो पुरस्कार जितेको हो ।
सन १९७८ मा स्थापित, वल्र्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो, जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध छन । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्दछ ।
विश्वव्यापी आईसीटी उद्योगको अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागि र उद्योग बृद्धि गर्न उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेको छ ।
उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार का आयोजना गर्दै आइरहेको छ । विट्साको यो सबैभन्दा लोकप्रिय कार्यक्रम हो । २० वर्ष अगाडि, ताइपेमा आयोजित आईटी २००० विश्व कांग्रेसमा विट्साले ग्लोबल आईसीटी उद्योगको अग्रणी मान्यता प्राप्त अन्तर्राष्ट्रिय आवाजको रूपमा (अष्ट्रेलिया र न्यूजील्याण्डदेखि बंगलादेशसम्म र मलेसियादेखि दक्षिण अफ्रिका र नाइजेरियादेखि अर्जेन्टिना र क्यानडासम्म दुनियाका ८० भन्दा बढी देशहरुका आईसिटी उद्योगलाई संसारका सबै कुनाबाट सबैभन्दा प्रभावकारी र नवीन उम्मेदवारहरू चयन गर्न ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारलाई अनौंठो बनाउँछ । यहाँ रहेका उद्योगहरुको प्रभाव र नवीनताको आधारमा विज्ञहरुले उत्कृष्ट उद्योगहरुलाई उम्मेदवारको रुपमा छनौट गर्ने गर्दछ । यसक्रममा वल्र्डलिंक पनि छनौट भएको हो ।
‘यस बर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनौटका लागि सहभागी आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका थिए, २० बर्षदेखि आयोजना गर्दै आईरहेको पुरस्कार आयोजनामा यस बर्षका जति धेरै सहभागीहरूलाई समीक्षा एवम् सम्मान गर्ने मौका हामीले पहिले कहिल्यै पाएका थिएनौं,’ विट्साका अध्यक्ष यभोन्ने चियुले भने ।
‘डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो, हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्मलाई सक्षम बनाउदैछौं,’ वल्र्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.