२०७७ मंसिर १६ गते १४:५२ विकासन्युज
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२.५० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (मंसिर १६ गते) मंगलबार मात्रै सो मात्रा अर्थात १२ लाख २७ हजार ४३४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।
यससँगै, संस्थाको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.