२०७७ मंसिर १७ गते ८:२५ विकासन्युज
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आज (मंसिर १७ गते) देखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेकाे हो ।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेकाे छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् ।
यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेकाे छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८ लाख ४० हजार ९१० कित्ता सेयर अर्थात १८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । पहिलो चरणमा निष्काशन गरी बिक्री वितरण पश्चात कम्पनीले दोश्रो चरणमा सर्वसाधरणलाई निष्काशन गर्ने छ । दोश्रो चरणको लागि कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता सुरक्षित गरेको छ ।
उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.