मौद्रिक नीतिमा सेयर लगानीकर्ताले हस्तक्षेप गर्न खोज्नु नाजायज होः विश्लेषक विष्णु बस्याल

  २०७७ मंसिर २१ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयर लगानीकर्ताले हस्तछेप गर्न खोज्नु नाजायज रहको सेयर बजार विश्लेषक विष्णु प्रसाद बस्यालले बताएका छन् । सामाजिक सञ्चालमार्फत उनले पुँजी बजारका सहभागीहरुले मौद्रिक नीतिमा लगानीकर्ताले हस्तक्षेप गर्न नहुने बताएका हुन् ।

तर राष्ट्र बैंकले पुँजी बजारलाई नै प्रत्यक्ष हानी पुग्ने गरि कुनै अभिव्यक्ति दिएमा लगानीकर्ताले त्यसकाे विराेध गर्न मिल्ने उनकाे भनाइ छ ।

साथै, मौद्रिक नीति देशको समग्र अर्थतन्त्रको अवस्था र तरलता व्यवस्थापनको लागि तर्जुमा गरिन्छ । त्यसैले हालसम्म कुनै पनि राष्ट्रको केन्द्रिय बैंकले केवल पुँजी बजारलाई मात्र ध्यान केन्द्रित गरेर नीति निर्माण नगरेकाे उनले स्मरण गराएका छन् ।

त्यसैले, राष्ट्र बैंकले पनि  केवल पुँजी बजारलाई मात्र ध्यान केन्द्रित गरेर कुनै पनि नीति निर्माण गर्दैन भन्नेमा उनी विश्वस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.