अरुण काबेलीको साधारणसभाले पारित गर्यो ६ प्रतिशत लाभांश, कहिलेसम्मका सेयरधनीले पाउछन् ?

  २०७७ मंसिर २२ गते १६:३४     विकासन्युज

काठमाडौं । अरुण काबेली पावरको प्रस्तावित ६ प्रतिशत लाभांश पारित भएकाे छ । मंसिर २२ गते सम्पन्न कम्पनीकाे १० औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई  ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद गरी ६ प्रतिशत लाभांश पारित गरेकाे हाे ।

कम्पनीको सोमबार कम्पनीको काठममाडौंको ट्रेड टावरस्थित केन्द्रीय सभाकक्षबाट भर्चुअल (जुम) माध्यमबाट आयोजित साधारण सभाले अध्यक्ष गुरुप्रसाद न्यौपानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डासमेत पारित गरेको छ ।

साधारणसभामा कम्पनीका वित्त प्रबन्धक थानेश्वर भट्टराईले आर्थिक वर्ष २०७६⁄७७ को वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

त्यस्तै सेयरधनी अरुणभ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष रमेश न्यौपानेले आफ्ना धारणा राखेका थिए । सभामा सेयरधनीका तर्फबाट डमरुबल्लभ घिमिरे, शिवप्रसाद पौडेल, अमृतनाथ रेग्मी, अमृतदास रंजित, चन्द्रनारायण श्रेष्ठलगायतले कम्पनीको प्रगतिप्रति खुशी ब्यक्त गर्दै अर्को बर्ष दोहोरो अंकमा लाभांश दिने गरी काम गर्न आग्रह गरेका थिए । सभाको संचालन कम्पनी सचिव सिर्जना खड्काले गरेकी थिइन् ।

साधारणसभामा प्रस्तुत सेयरधनीका सुझावलाई कम्पनीले कार्यान्वयन गर्ने बताउँदै अध्यक्ष न्याैपानेले आगामी दिनमा समेत सबै पक्षबाट साथ सहयोगको अपेक्षा गरेका थिए । कम्पनीले पारित गरेको लाभांश मंसिर १२ गतेदेखि बुक क्लोज हुनुअघि सेयर किनेका सेयरधनीहरुले पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.