२०७७ मंसिर २२ गते १७:५८ विकासन्युज
काठमाडौं । नेपालको केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले ५जीएचजेड डुयल ब्याण्ड राउटर सहितको सेवा प्रस्तुत गरेको छ । आफना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति कम्पनीले उक्त सेवा प्रस्तुत गरेको हो ।
यस अघि २.४ जीएचजेड सेवा दिँदै आएको कम्पनीले ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ ५जी सेवा सुरु गरेको हो ।
इन्टरनेटको बद्लिदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले ५जीएचजेड डुयल ब्याण्ड राउटर सहितको सेवा सुरु गरेको हो । ५जीएचजेडको प्रयोगले इन्टरनेट सेवा प्रयोग गर्दा आउने प्राविधिक समस्यालाई कम गर्दै ग्राहकहरुको इन्टरनेट अनुभवलाई अझ गुणस्तरीय बनाउनेछ ।
ग्राहकहरुको माग र सन्तुष्टिलाई प्राथमिकतामा राखि समय समयमा कम्पनीले सेवा विस्तार तथा परिमार्जित गरि गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.