२०७७ मंसिर २४ गते १७:१९ विकासन्युज
काठमाडौं । नेपाली उत्पादन प्रवद्र्धन गर्ने योजनासहित शनिबार डोकोमार्ट लञ्च हुने भएको छ । नेपाली उत्पादनहरुको सबैभन्दा ठूलो ईकमर्श प्लाटफर्म बन्ने उद्धेश्यका साथ शनिबार डोकोमार्ट नामक इकमर्श साइटको लञ्च हुने भएकाे हाे ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले डोकोमार्ट ईकमर्श साइटको लञ्च गर्न लागिएको कम्पनीका प्रमोटर सुवास मल्लले बताए ।
हाल नेपालमा ईकमर्शहरुले मल्टिनेश्नल सामानहरुलाई बढी प्राथमिकता दिइरहेको अवस्थामा अब डोको मार्टले भने स्थानीय उत्पादन र आम सर्वसाधारणसम्म यसको पहुँच पुग्ने किसिमले काम गर्न थालिएको मल्लको भनाई छ ।
‘काठमाडौं बाहिरका ग्राहकलाई पनि ईकर्शको सेवा दिनु पर्छ भन्ने मनसायले हामीले डोको मार्टको सेवा ल्याएका छौं, डोकोमार्ट पोखराबाट सुरुवात गरेर पहिलो चरणमा गण्डकी, बागमती र लुम्बिनी प्रदेशलाई बढी फोकस गरी सेवा दिने योजना रहेको छ, शनिबार हाम्राे ग्राण्ड लञ्चिङ छ,’ उनले भने ।
‘नेपालको स्थानीय तहमा उत्पादित वस्तुको बजारिकरण तथा सप्लाई गर्ने काम डोकोमार्टले गर्नेछ, अन्य कम्पनीहरुले मल्टिनेश्नलाई प्राथमिकता दिइहरेका छन्, हामी भने नेपाली बजार र नेपाली उपभोक्ताको मागलाई मध्येनजर गरेर काम गर्छौं, यो सबैभन्दा ठूलो ईकमर्श साइट पनि हुनेछ,’ मल्लले भने ।
डोकोमार्टकाे लञ्चिङ अवसर पारेर कम्पनीले ग्राहकहरुका लागि विभिन्न स्कीम पनि घोषणा गरेको छ । कम्पनीले डोको मार्टमार्फत डोकोभरि उपहारको बहार लिएर आउने जनाएको छ ।
अनलाइनबाट अर्डर गर्ने पहिलो ८ जना ग्राहकले २७ प्रतिशत छुट, अनलाइनमार्फत पहिलो दिनमा हुने सबै कारोबारमा १० पतिशत छुट, पहिलो हप्ताभर हरेक दिन कुनै विशेष उत्पादनमा विशेष छुट सुविधा, पहिलो महिनाभरमा ५ हजार रुपैयाँ वा सो भन्दा बढिको कारोबार गर्ने सबै ग्राहकलाई विशेष उपहार दिइने लगायतका कम्नीका स्कीमहरु रहेका छन् ।
यस्तै, पहिलो महिनाभर कम्पनीमार्फत कारोबार गर्ने सबै ग्राहकहरूमध्येबाट लक्की ड्रबाट १ जना भाग्यशाली ग्राहकलाई बम्पर उपहार र ग्राहकले गरेको कारोबार रकम बराबरकै छुट सहित विशेष उपहार दिइने बताएको छ ।
अहिले कम्पनीले टोकनमा २५ लाखको लगानी गरेको छ । मल्लका अनुसार चालु आर्थिक वर्षभित्रै कम्पनीको कुल पुँजी १ करोड रुपैयाँको हुनेछ । कम्पनीको सप्लाई र डिमाण्ड नेपाली बजार नै भएकोले पहिलो वार्षिक साधारणसभाबाट पुँजी बढाउन सकिने गरी योजना बनेको उनले बताए ।
‘अहिलेसम्म नेपाली बजारमा सप्लाई मल्टिेनेश्नल कम्पनीका उत्पादन छन्, त्यसले नेपाली अर्थतन्त्रलाई समस्या पार्छ । तर, हाम्रो लक्ष्य भनेको नेपाली नै उत्पादक र नेपाली नै सप्लायर हो,’ उनले भने । कम्पनीले काठमाडौं बाहिरलाई प्राथमिकता दिएर बजारीकरण गर्ने भएको छ ।
सम्बन्धित सामग्री:
Copyright © 2024 Bikash Media Pvt. Ltd.