मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, एनआईबीएल एसका डेपुटी सीईओ बने अध्यक्ष

  २०७७ मंसिर २६ गते १८:२८     विकासन्युज

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न नेपाल मर्चेण्ट बैंकर्स संघको एघारौं साधारण सभाले अध्यक्षसहित ७ सदस्यीयको नयाँ कार्यसमिति चयन गरेको हो ।

सभाले संघको अध्यक्षमा एनआईबीएल एस क्यापिटलका डेपुटी सीईओ मेखबहादुर थापालाई निर्वाचित गरेको छ ।

त्यस्तै, उपाध्यक्षमा सनराइज क्यापिटलका सीईओ विजयलाल श्रेष्ठ, महासचिवमा ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकाल र कोषाध्यक्षमा एनआईसी एसिया क्यापिटलका सीईओ रमेन्द्र रायमाझी चयन भएका छन् ।

त्यस्तै, सभाले दिपेश श्रेष्ठ, नारायणप्रसाद घिमिरे र रोशनी भारतीलाई सदस्य पदमा चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.