एशियन हाइड्रोले आईपीओ जारी गर्ने, डाक्यो वार्षिक साधारणसभा

  २०७७ मंसिर २९ गते १२:५३     विकासन्युज

काठमाडौं । एशियन हाइड्रोपावरले सर्वसाधारणलाई साधारण सेयर आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीकाे साधारण सेयरहरु सर्वसाधारणमा जारी गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी पुस २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभा सो दिन बिहान कम्पनीको कार्यालय सानेपाबाट विद्युतीय माध्यमबाट जुम मार्फत हुने कम्पनीले जानकारी गराएको छ । मंसिर २५ गते बसेकाे कम्पनी सञ्चालक समितिकाे बैठकले सभाकाे मिति तय गरेकाे हाे ।

त्यस्तै, सभाले आईपीओ प्रस्ताव सहित कम्पनीको सञ्चालक समितिका सञ्चालकहरुको बैठक भत्ता तथा सुविधा निर्धारण गर्ने भएको छ । त्यसैगरी, सभाले वार्षिक साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सभाबाट २ जना सेयरधनी प्रतिनिधि तोक्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.