लक्ष्मी बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

  २०७७ मंसिर ३० गते १०:५१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

गत मंसिर २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद(कर सहित) गरी ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउनेछन् ।

प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.