चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने भाेलि अन्तिम दिन, हालसम्म कतिले भरे सेयर ?

  २०७७ मंसिर ३० गते ११:३५     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको प्राथमिक सेयर(आईपीओमा) भोलि पुस १ गते बुधबारसम्ममा आवेदन दिन पाइने भएको छ । संस्थाले हाल निष्काशन गरिरहेको सेयरमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले भोलि बैंकिङ्ग समयभित्रमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिरहेको छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं। ३,४, ६ र ७ साविक थानकोट गा।वि।स।का सम्पूर्ण वडा र साविक महादेवस्थान गा।वि।स।को वडा नं। ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं। ९ र १० साविक चित्लाङ्ग गा।वि।स।का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं। ५ साविक फाखेल गा।वि।स।का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेको हो । जसमा हालसम्म ११ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार मंसिर २९ गते सोमबार दिउँसो ४ः३० बजेसम्ममा २ हजार ६९१ जना आवेदकले ११ लाख ९४ हजार ६८० कित्ता सेयरको लागि आवेदन परिसकेको छ । जुन कम्पनीले माग गरेको भन्दा करिब ४ गुणा बढी हो ।

यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.