बोटलर्स नेपाल (तराई)ले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

  २०७७ मंसिर ३० गते १२:००     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले आगामी पुस २२ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सो दिन दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बालाजु औद्योगिक क्षेत्र बालाजु काठमाडौंमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो ।

अनलाइन मार्फत हुने उक्त सभामा सहभागि हुनको लागि भर्च्युअल प्लेटफर्म १ बजेदेखि खुल्ला गरिने कम्पनीले जानकारी गराएको छ ।

उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालकको प्रतिवेदन पारित गर्ने सामान्य प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिश बमोजिम लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक सम्बन्धी छलफल गरी स्वीकृत गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने छ ।

उक्त सभामा जाने प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.