रिडी हाइड्रोको बोनस सेयर सूचीकृत

  २०७७ मंसिर ३० गते १३:४२     विकासन्युज

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (मंसिर ३० गते) मंगलबार मात्रै सो मात्रा अर्थात २ लाख ६५ हजार ५५९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै, कम्पनीको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

कम्पनीको हालै सम्पन्न १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको थियाे ।

सम्बन्धित समाचारः

रिडी हाइड्रोको साधारणसभाले पारित गर्याे ५ प्रतिशत लाभांश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.