माउन्टेन इनर्जीको सेयर भोलिदेखि किनबेच गर्न पाइने, ओपनिङ् रेञ्ज कति ?

  २०७७ मंसिर ३० गते १३:५७     विकासन्युज

काठमाडौं । माउन्टेन इनर्जी नेपालको साधारण सेयर(आईपीओ) भोलि (पुस १ गते) बुधबारदेखि दोश्रो बजारमा कारोबार हुने भएको छ । कम्पनीको सेयर आज(मंसिर ३० गते) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएसँगै लगानीकर्ताले भोलिदेखि दोश्रो बजारमा किनबेच गर्न पाउने भएका हुन् ।

कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको छ । जसकाे सिम्बोल ‘एमईएन’ दिइएको छ ।

साथै, कम्पनीले सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि एनआईबिइल एस क्यापिटल, लाजिम्पाटलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.