सिनर्जी पावरको लाभांश प्रस्ताव, एकैदिन डाक्यो तीन वर्षको वार्षिक साधारणसभा

  २०७७ पुष १ गते १०:५८     विकासन्युज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

मंसिर ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २२ गते बिहान ११ बजे बस्दै छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को अर्थात १२औं, १३औं र १४औं गरी तीन वर्षको वार्षिक साधारणभा एकैदिन दिन गर्ने भएको हो ।

उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालय नक्सालबाट भर्च्युअल माध्यम मार्फत हुने कम्पनीले जानकारी गराएको छ ।

सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १२ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.