माउन्टेन इनर्जीको पहिलो कारोबार कतिमा भयो ?

  २०७७ पुष १ गते ११:०७     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा माउन्टेन इनर्जी  नेपालको पहिलो कारोबार प्रतिकित्ता ३४४ रुपैयाँमा भएको छ । बुधबार नेप्सेको स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा कम्पनीको पहिलो कारोबार भएको हो ।

कम्पनीको सेयर हिजो मंगलबार (मंसिर ३० गते) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको थियाे । जसकाे सिम्बोल ‘एमईएन’ दिइएको छ ।

सम्बन्धित समाचार

माउन्टेन इनर्जीको सेयर भोलिदेखि किनबेच गर्न पाइने, ओपनिङ् रेञ्ज कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.