कारोबार शुरु भएको केहि मिनेटमै माउन्टेन इनर्जीको मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्यो ?

  २०७७ पुष १ गते ११:३०     विकासन्युज

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको केहि बेरमै माउन्टेन इनर्जीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । नियमित बजार खुलेको केही मिनेटमै कम्पनीको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको हो ।

बुधबार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३४४ रुपैयाँमा शुरु भएको थियो । जुन नेप्सेले तोकेको अधिकतम मूल्य थियो । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ११४.८१ रुपैयाँदेखि अधिकतम ३४४.४३ रुपैयाँ तोकेको थियाे ।

प्रतिकित्ता ३४४ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य ३४ रुपैयाँले बढेर प्रतिकित्ता ३७८ रुपैयाँ पुगेको छ ।

‘एमईएन’ सिम्बोलबाट काराेबार भइरहेकाे कम्पनीकाे सेयर किन्ने लगानीकर्ताको चाप देखिएको छ भने बिक्रीकाे लागि अडर दिने कोहि पनि देखिएका छैनन् । मार्केट डेप्थ अनुसार हालसम्म कम्पनीको एक लाख १९ हजार ८ सय ८३ कित्ता सेयर खरिदकाे लागि अडर परिसकेकाे छ ।

माउन्टेन इनर्जीको पहिलो कारोबार कतिमा भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.