२०७७ पुष २ गते १२:३१ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । बोर्डले आज(पुस २ गते) मात्रै कम्पनीलाई चुक्ता पुँजीको एक बराबर ०.८२८४ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।
अन्य समूह अन्तर्गतको यस कम्पनीले साविकका सेयरधनीहरुलाई एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको एक करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
कम्पनीले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ्ग मार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.