यूनाईटेड ईदी-मर्दीको आईपीओ सूचीकृत, कतिमा हुन्छ पहिलाे काराेबार ?

  २०७७ पुष ३ गते ११:५४     विकासन्युज

काठमाडौं । यूनाईटेड ईदी-मर्दी एण्ड आरबि हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आज(पुस ३ गते) शुक्रबार अंकित मूल्य एक सय रुपैयाँ कायम भएको कूल ४२ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको सेयर आगामी पुस ५ गते आइतबारदेखि दोश्रो बजारमा कारोबार हुने भएको छ । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ९८.७९ रुपैयाँदेखि अधिकतम २९६.३७ रुपैयाँ तोकेको छ । जसको सिम्बोल ‘यूएमआरएच’ दिइएको छ ।

साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि ग्लोबल आईएमई क्यापिटल, जमललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.