२०७७ पुष ३ गते १६:३२ विकासन्युज
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष मेख बहादुर थापाले पुँजी बजार विकास तथा विस्तारका लागि अघि बढ्ने बताएका छन् । उनले नेपाल धितोपत्र बोर्डको नीति निर्देशन कार्यान्वयन गरी बजार बिकासका लागि पूर्ण प्रतिबद्धता जनाएका हुन् ।
संघका नवनिर्वाचित अध्यक्ष थापाले शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासँग भेटमा साे प्रतिबद्धता गरेका हुन् ।
शुक्रबार अध्यक्ष थापाको नेतृत्वमा सम्पूर्ण कार्य समितिका सदस्यहरुले धितोपत्र बोर्डका अध्यक्षसँग औपचारिक भेटवार्ता गरेको छ । सो अवसरमा शुभकामना प्रदान गरिनुका साथै पुँजी बजारको थप विकास र विस्तारका सम्बन्धमा विस्तृत छलफल भयो ।
उक्त अवसरमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी तथा संघका निवर्तमान अध्यक्ष ध्रुव तिमिल्सिनाको समेत उपस्थिति रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.