२०७७ पुष ५ गते १३:३१ विकासन्युज
काठमाडौ । आज नेपाली राजनीतिमा आएको उतारचढावको प्रवाह सेयर बजारमा देखिएको छ । आज साताको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक ६३ अंकले घटेको छ । यो समाचार तयार पार्दा ( साढे १ बजे)सम्म नेप्से परिसूचक ६३ अंकले आरोलो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६३ अंकले घटेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेकै दिन लगानीकर्ताहरु लगानी गर्न डराएका हुन् ।
साताको पहिलो दिन आइतबार ३.१० प्रतिशतले घटेको हो । गिरावट आएको नेप्से परिसूचक १९६९.४२ बिन्दुमा पुगेको हो ।
हालसम्म १ सय ९५ कम्पनीले सेयर कारोबार गरेका छन् भने ७८ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, ५ अर्ब २ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.