२०७७ पुष ६ गते १७:०९ विकासन्युज
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आगामी पुस १५ गतेदेखि बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि पुस २५ गतेसम्म बुक क्लोज हुन लागेको हो ।
संस्थाले आगामी पुस २५ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा आव्हान गरेको छ ।
पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.